13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

अग्रता जोगाउन नसक्दा न्यूकासलसँग लेस्टर सीटी पराजित

spot_img

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लेस्टर सीटी पराजित भएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर घरेलु टोली न्यूकासल यूनाइटेडसँग २–१ ले पराजित भएको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेदमा न्यूकासललाई जीत दिलाउन दुवै टोल ब्रुनो गुइमारेसले गर्न सफल भए । लेस्टरका लागि एडेमोला लुकम्यानले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा लुकम्याले लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा गुइमारेसले न्यूकासललाई १–१ को बराबरीमा ल्याए ।

थप गरिएको समयमा गुइमारेसले व्यत्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले २–१ को रोमाञ्चक जीत हात पार्‍यो ।

जीतसँगै ३२ खेलमा ३७ अंक जोडेको न्यूकासल १४ औं स्थानमा रहँदा पराजित लेस्टर ३० खेलबाट ४० अंकका नवौं स्थानमा छ ।

लिगअन्तर्गतकै अर्को खेलमा वेस्टह्यामले बर्नेलीसँग १–१ को बराबरी खेलेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img