10.7 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

अत्यावश्यकबाहेकका वस्तुको एलसी रोक्न राष्ट्र बैंकको कडा निर्देशन

spot_img

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तुको आयातको उद्देश्यले प्रतीतपत्र (एलसी) नखोल्न कडा निर्देशन दिएको छ।

आज २७ वटा वाणिज्य बैंकका सीईओहरुसँग आकास्मिक छलफल गर्दै केन्द्रीय बैंकले यस्तो कडा निर्देशन दिएको हो। शोधानान्तर घाटा कहालिलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै डुब्न लागेको अर्थतन्त्र बचाउन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको बैंकरहरुको बुझाइ छ।

राष्ट्र बैंकको यो निर्देशनपछि अत्यावश्यकबाहेकका वस्तुको आयात लगभग ठप्प हुने अवस्था आएको छ। सबैभन्दा ठूलो मार गाडी बिक्रेताहरुलाई पर्ने देखिन्छ। केही समयका लागि सवारीसाधन आयात ठप्प हुन सक्छ।

यस्तै राष्ट्र बैंकले बैंकहरुलाई सीडी रेसियो मेन्टेन गर्न पनि कडा निर्देशन दिएको छ। एक्सन लिने बेला आयो भन्दै केन्द्रीय बैंकका अधिकारीहरुले सीईओहरुलाई कर्जा विस्तार तत्काल रोक्न पनि कडा निर्देशन दिएका छन्। ‘

कर्जा विस्तारलाई स्लो डाउन गरी रोक्न भनिएको छ’, एक सीईओले भने, ‘अब नसम्हालिए अवस्था गाह्रो बन्दै गएको राष्ट्र बैंकको बुझाइ देखियो।’

सीईओहरुले आजको छलफल अर्थपूर्ण भनेका छन्। छलफलमा राष्ट्र बैंकका तर्फबाट बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, फरेन एक्सचेञ्ज डिपार्टमेन्ट प्रमुख रामु पौडेल र रिसर्च डिपार्टमेन्ट प्रमुख डा. प्रकाशकुमार श्रेष्ठको सहभागिता थियो।

छलफल ४५ मिनेट चलेको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img