13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

कमलनगर जेसिजद्धारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उप-प्रमुखसँग अन्तक्रिर्या कार्यक्रम सम्पन्न

spot_img

कमल । कमलनगर जेसिजको आयोजना र कमल गाउँपालिका न्यायीक समितिको सहयोगमा बुधबार ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालिका उप-प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गौरादह स्थित एफ एम प्लसको सभाहलमा सम्पन्न भएको छ ।

कमलनगर जेसिज वर्ष २०२३ कि उपाध्यक्ष जेसि मनिशा कठायतको संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसि रिजु कार्कीको अध्यक्षतामा र गौरिगन्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विशिस्ट अतिथिहरुमा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, गौरिगन्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवर र गौरादह नगरपालिकाकी उपाध्यक्ष जलबर्शा राजवंशी रहनुभएको थियो । विशेष अतिथिमा कमलनगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा हालको कमलगाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल रहनुभएको थियो । अतिथिहरुमा कमलनगर जेसिजका आजिवन सदस्य जेसि प्रेम सापकोटा, नि.अध्यक्ष जेसि नारायण बस्नेत, गौरादह जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि प्रकाश भट्टराई, एफ एम प्लस गौरादहकी संयोजक मन्जु डाँगी, प्राविधिकहरु: सकेन्द्र ताजपुरिया र दिपेश किशोर भट्टराई रहनुभएको थियो ।

कमलनगर जेसिजका आजिवन सदस्य जेसि प्रेम सापकोटा ज्युले कार्यक्रमको औचित्यमाथी प्रष्ट पार्नुभएको थियो । विशेष अतिथिको रुपमा रहनुभएका कमलनगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा कमल-१ का वडा अध्यक्ष केदार कटुवालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि गौरिगन्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले शुभकामना मन्तव्य सहित प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथीहरुले नारी दिवसका अवसरमा आ-आफ्नो तर्फबाट अन्तरक्रियामा सहभागी हुँदै मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img