12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

अपरान्हपछि केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

spot_img

काठमाडौ, देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसकै प्रभावका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ । अन्य क्षेत्रमा भने मौसम सफा छ ।

दिउँसो पहाडी भू-भागमा अपरान्हपछि एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img