13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

अब सनराइज बैंकमा नारी बचत खाता खोल्नेले प्रसूति हुँदा १० हजार रुपैयाँ पाउने

spot_img

काठमाडौं । सनराइज बैंकले नारी बचत खातामा खोल्नेहरुलाई विशेष सुविध दिने भएको छ । बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने भएको हो ।

बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।

यस्तै बैंकले यस्तो योजनाले महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने विश्वास रहेको जनाएको छ ।

यसका साथै यस खातामा घातक रोगमा ५ लाख रुपियाँसम्मको उपचार खर्च, ५ लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img