Sarokar News

Best News Forever

अपराध बागमती प्रदेश

अभिनेत्री रेखा थापालाई गाली गर्ने शर्मिला वाइवा पक्राउ

काठमाडौ, अभिनेत्री रेखा थापालाई युट्युवमार्फत गाली गलौज गर्ने शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई सोमबार साइबर ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले जानकारी दिए।

आफूलाई गालि गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।

एवान मिडिया नामक युट्युव मार्फत शर्मिला वाइवाले नायिका थापालाई गालि गलौज गरेको भन्दै उनका आफन्तले शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका थिए।

एसएसपी अर्यालले सोही जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए। प्रहरीले विद्युतीय कारोबार ऐन र गाली बेइज्जतीको कसुरमा उनलाई कारबाही गर्ने तयारी गरेको छ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँ प्रहरी कार्यालय अगाडि दिनहुँ नारा र प्रदर्शन हुन थालेपछि रेखाले नाबालिगको संरक्षण हुनुपर्ने धारणा राखेकी थिइन्।

उक्त धारणापछि युट्युबमा उनीविरुद्ध अभिव्यक्ति सार्वजनिक भएका थिए। उनलाई गाली गर्ने वाइवा तनहुँ पुगेर अभियुक्त शाहको पक्षमा बोलिरहेकी थिइन्।

रेखाले २० वर्ष मुनिका छोरीहरू बालिका भएकाले उनीहरुलाई कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु पर्ने उल्लेख गरेकी थिइन्।

‘उनीहरुको कोसँग लभ छ ? कति पटक यौनसम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन’, उनले भनेकी थिइन्, समाजको आडम्बर त कुरा गरी साध्य छैन।

केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ।’

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *