12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध नेपालको लगातार दोस्रो जीत

spot_img

काठमाडौं– श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जीत हात पारेको छ। श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा नेभीलाई ८१ रनले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जीत हो।

नेपालले प्रस्तुत गरेको १९७ रनको विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो। नेपालका लागि पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १–१ विकेट लिए।

त्यसअघि नेपालले ४३।४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो। नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले।

ऐरीले ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६, पवन सर्राफले २२ र कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे।

यसअघि सोमबार भएको खेलमा पनि नेपालले श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो। अर्को सातापछि यूएईमा हुने आईसीसी विश्वकप लिग २ को तयारीका लागि अभ्यास खेल खेल्न नेपाली टोली श्रीलंका गएको हो। कार्यक्रम छ।

नेपालले अब श्रीलंका पुलिस र कोलम्बो ११ सँग खेल्न बाँकी छ। श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली उतैबाट यूएई प्रस्थान गर्नेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img