13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

अमेरिकाले रुसबाट तेल आयातमा लगायो प्रतिबन्ध

spot_img

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुस हमलाविरुद्धको जवाफमा उसको अर्थव्यवस्थालाई थप कमजोर बनाउने रणनीति लिएका छन्।

बाइडेनले मंगलबार अमेरिकाले रुसबाट आयात हुने तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। र, उनले यससँगै अमेरिकाका ग्यास पम्पमा लागत बढ्नेसमेत दाबी गरेका छन्।

यो कारबाही युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेस्कीद्वारा अमेरिका र पश्चिमी देशका अधिकारीले आयातमा कटौती गर्न अपिल गरेपछि गरिएको हो।

रुसको वित्तीय क्षेत्रमाथि लगाइएको गम्भीर प्रतिबन्धले त्यहाँको आर्थिक अवस्थालाई स्थिर तुल्याइदिएको छ। बाइडेनले पुटिनको युद्धलाई बढवा पुग्ने सबै सहयोगमा प्रतिबन्ध गरिने बताएका छन्। त्यसैले तेलको आयातमा समेत प्रतिबन्ध लगाउने निर्णय गरिएको उनले बताए।

उनले यस कारबाहीले रुसलाई युद्धका लागि धन जुटाउन अप्ठ्यारो पार्ने ठूलो धक्का भएको बताएका छन्। बाइडेनले स्वन्त्रताको रक्षाका लागि अमेरिकी जनताले केही महँगीको सामना भने गर्नुपर्ने बताएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img