20 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो काठमाडौंमा

spot_img

काठमाडौं। अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो नेपाल भ्रमणमा आएकी छन् ।

आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो १२ दिनसम्म एसियाली मुलुकहरूमा रहने कार्यतालिका रहेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।

अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ ।

नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ । १२ दिने भ्रमणका लागि उनी आज काठमाडौं आइपुगेकी हुन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img