12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

अमेरिकी डलर नेपाली रुपैयाँभन्दा हालसम्मकै बलियाे

spot_img

काकठमाडौ, अमेरिकी डलर नेपाली रुपैयाँभन्दा झन् झन् बलियो देखिएको छ। मंगलबार अमेरिकी डलर १ को खरिद दर १२२.८४ रुपैयाँ र बिक्री दर १२३.४४ रुपैयाँ पुगेको हो। बैंकरहरुका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि डलर कम्तीमा ५ वर्षयताकै उच्च विन्दूमा पुगेको देखाएको छ। एक वर्षअघि अर्थात् सन् २०२१ को सोही अवधिमा १ अमेरिकी डलर खरिद गर्दा ११६.५२ रुपैयाँ तिर्नुपथ्र्यो भने बिक्री गर्दा ११७.१२ रुपैयाँ पाइन्थ्यो।

सन् २०२० मा आजकै दिन १ डलरको खरिद दर ११७.७२ रुपैयाँ र बिक्री दर ११८.३२ रुपैयाँ थियो। त्यस्तै विश्वमा कोरोना महामारी सुरु नआउँदै सन् २०१९ मार्च ८ मा १ डलरको खरिद दर १११.७० रुपैयाँ र बिक्री दर ११२.३० रुपैयाँ रहेको थियो।

सन् २०१७ मा १ डलर बराबर १०८.६४ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै सन् २०१८ मा ११७.३५ रुपैयाँसम्म पुगेको थियो। सन् २०१९ मा ११४ रुपैयाँसम्म पुगेको थियो।

सन् २०२० मा अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँ १२१.६९ रुपैयाँसम्म पुगेको थियो। फेरि सन् २०२१ मा ११९ रुपैयाँवरिपरि रहँदा सन् २०२२ को मार्च महिना सुरु हुँदा १२१.२५ रुपैयाँ पुगेकोमा आज डलरले नयाँ विन्दू छोएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

विश्वमै बलियो

अमेरिकी डलर पछिल्लो समय विश्व बजारमा नै बलियो देखिएको छ। विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने डलर रुसले युक्रेनमाथि आक्रमण गरेपछि झन् बलियो बनेको हो। डलरलाई हालसम्म सुरक्षित मुद्रा मानिन्छ।

विश्व बजारमा सन् २०२० को स्प्रिङ सिजनयताकै उच्च विन्दूमा पुगेको सीएनएनले जनाएको छ। खासगरी युरोपमा संघर्ष चलिरहँदा लगानीकर्ताले डलर खरिद गरेका छन्।

- Advertisement -

अमेरिकी अर्थतन्त्र युक्रेन आक्रमणयता महंगी बढे पनि निकै स्वस्थ देखिएको छ। सन् २०२१ मा विश्व मुद्रा सञ्चितिमा ६० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको थियो।

डलर बलियो हुँदा खासगरी कम्पनीहरुलाई असर गर्छ। उनीहरुले विश्वबजारबाट गर्ने आम्दानीमा र नाफामा असर पर्छ। त्यस्तै डलरमा ऋण तिर्ने अवस्थाका उदाउँदा अर्थतन्त्रमा पनि यसले असर पुग्छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img