Sarokar News

Best News Forever

अर्थतन्त्र देश समाज बागमती प्रदेश समाचार

अर्थतन्त्र ठूलो संकटमा गयो भनेर गरिएको प्रचार गलत : अर्थमन्त्री शर्मा

काठमाडौ, अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार मात्रै गरिएको दाबी गरेका छन्।

अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए। उनले भने, अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ। यसमा राजनीतीकरण गरेर देशमा फाइदा हुँदैन।’

उनले व्यवसायी र जनतालाई हतोत्साहित गर्ने खालको प्रचारबाजी भइरहेको उनको भनाइ छ। उनले भने, ‘त्यो नगर्नका लागि अपिल गर्दछु। यथार्थ स्थिति यही हो।’

विगतको १० वर्षको ट्रेन्ड हेरेको बताउँदै उनले अहिले विश्वको ट्रेन्ड हेर्दा पनि अहिले ठूलो संकटमा गयो भनेर गरिएको प्रचार उपयुक्त नभएको बताए।

यद्यपि सतर्क हुनुपर्ने अवस्था रहेको भने उनले स्वीकारे। त्यसका लागि आवश्यक कदम चाल्न अर्थ मन्त्रालय तयार रहेको बताए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *