19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

आइपीएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जीत

spot_img

एजेन्सी, भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०।३ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले ३० बलमा १० चौका र एक छक्कासहित अविजित ६१ रन बनाए । अर्का प्रारम्भिक ब्याटर पृथ्वी शाले २० बलमा सात चौका र एक छक्काको सहयोगमा ४१ रनको पारी खेले ।

सरफराज खान १२ बलमा अविजित रहे । पञ्जाबका राहुल चाहरले मात्र एक विकेट लिने सके । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

उसका लागि जितेश शर्माले ३२, कप्तान मयंक अग्रवालले २४, शाहरुख खान र राहुल चाहरले समान १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, ललित यादव, खलील अहमदले दुईरदुई र मुस्तफिजुर रहमानले एक विकेट लिए ।

यो जितसँगै दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हार बेहोरेको छ । पञ्जाबले सात खेलमध्ये चारमा हार र तीन खेलमा जित हात पारेको छ । ऊ ६ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img