13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

आइपीएलमा लखनउमाथि राजस्थानको रोमाञ्चक जीत, उक्लियो शीर्ष स्थानमा

spot_img

एजेन्सी, भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जायट्सविरुद्ध राजस्थान रोयल्स ३ रनले विजयी भएको छ ।

जारी लिगमा राजस्थानको यो तेस्रो जीत हो । जीतसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । चार म्याच खेलिसकेको राजस्थानले एक खेलमा मात्र हार बेहोरेको छ ।

लखनउले पाँच म्याचमध्ये तीनमा जीत र एक खेलमा हारको सामना गरेको छ । ऊ ६ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ ।

आफ्नो पाँचौँ खेलमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

निकै खराब सुरुवात गरेको लखनउका लागि आठौँ नम्बरमा ब्याटिङ गरेका मार्कस स्टोइनिसले आक्रामक पारी खेले पनि टोलीलाई जीत दिलाउन भने चुके ।

उनले १७ बलमा चार छक्काको सहयोगमा अविजित ३८ रन बनाए । त्यस्तै, क्विन्टन डिकक ३९, दीपक हूडा २५, कृणाल पाण्ड्या २२ र दुश्मन्था चामेरा १३ रनमा आउट भए ।

राजस्थानका लागि युजवेन्द्र चहलले चार ओभरमा ४१ रन दिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, ट्रेन्ट​ बोल्टले दुई, कुलदीप सेन र प्रसिद्ध कृणा प्रसिद्ध कृष्णाले एकरएक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो ।

- Advertisement -

उसका लागि शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ६ छक्का र एक चौकासहित अविजित ५९ रनको योगदान दिए । त्यस्तै, देवदत्त पाडिक्कलले २९, रविचन्द्रन आश्विनले २८, जोस बटलर र कप्तान सञ्जु सामसनले १३/१३ रन बनाए ।

रियान पराग आठ र रस्सीभान डर दुसेन चार रनमा आउट भए । लखनउका कृष्णप्पा गौतम, जेसन होल्डरले दुई/दुई र आवेश खानले एक विकेट लिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img