20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

आइपीएलमा हैदराबादको लगातार चौथो जीत

spot_img

एजेन्सी, इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

लगातार चौथो जीत निकाल्ने क्रममा हैदराबादले पञ्जाब किंग्सलाई सात विकेटले पराजित गरेको हो । १५२ रनको लक्ष्य हैदराबादले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादका लागि अविजित रहेका एडेन मार्करमले ४१ र निकोलस पुरनले ३५ रन जोडे । राहुल त्रिपाठीले ३४ र अविषेक शर्माले ३१ रन बनाए ।

पञ्जाबका लागि राहुल चहरले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे । यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

पञ्जाबका लागि लियम लिभिङ्गस्टोनले ६० रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । शाहरुख खानले २६, प्रभसिम्रन सिंहले १४ र ओडिन स्मिथले १३ रन जोडे ।

हैदराबादका उम्रन मलिकले चार, भुवनेश्वर कुमारले तीन तथा टि नटराजन र जगदिश सुचितले एक/एक विकेट हात पार्दा एक विकेट रन आटका रूपमा प्राप्त भयो ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको हैदराबाद चौथो स्थानमा उक्लिँदा पराजित पञ्जाब समान खेलमा ६ अंकका साथ सातौं स्थानमा छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img