14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

आईपीएलमा कोलकाताको सधैं वर्चस्व, तर पञ्जाबको पक्षमा छ वानखेडे

spot_img

एजेन्सी, कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्समाथि सधैं वर्चस्व कायम गरेको इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासले बताउँछ।

आईपीएलमा हालसम्म यी दुई टोली जम्मा २९ पटक भिडेका छन्। जसमा कोलकाताले १९ पटक जित हात पारेको छ।

सन् २०१८ को सिजनदेखि यी दुई टोली आठ पटक आमनेसामने भएका छन्। यसबीचमा पनि कोलकाताले पाँच खेल जितेर पञ्जाबमाथि आफ्नो वर्चस्व कायम राखेको छ।

तर, वानखेडे स्टेडियमको तथ्यांक कोलकाताको पक्षमा छैन। कोलकाताभन्दा पञ्जाबले वानखेडेमा राम्रो प्रदर्शन गरेको इतिहास छ।

कोलकाताले वानखेडेमा खेलेका कुल १२ खेलमध्ये दुई खेल मात्र जितेको छ। जहाँ पञ्जाबको टोलीले यहाँ खेलेका कुल १४ खेलमध्ये ६ खेल जितेको छ।

सन् २०२१ देखि वानखेडेमा खेलेका कुल १४ खेलमा पहिलो बलिङ गर्ने टोलीले ८ पटक जित हासिल गरेको छ।

यी खेलाडीमा हुनेछ नजर

पञ्जाबको बेजोड ब्याटिङसँगै राहुल चाहरको बलिङ ह्यान्डल गर्नु पनि कोलकाताका ब्याट्सम्यानका लागि कठिन चुनौती बन्न सक्छ। राहुल चाहरले २०१९ यता भारतीय पिचमा २३ खेलमा २७ विकेट लिएका छन्।

- Advertisement -

राहुलभन्दा बढी विकेट लिने मामिलामा राशिद खान र इमरान ताहिरजस्ता स्पिन बलरहरू मात्र अगाडि छन्। दुवैले आईपीएल २०१९ देखि क्रमशः २३ र १८ इनिङ्समा २८/२८ विकेट लिएका छन्।

राहुल र श्रेयस अय्यर आईपीएलमा तीन पटक आमनेसामने भएका छन्। जसमा राहुलले श्रेयसलाई दुई पटक प्याभिलियन पठाएका छन्।

यता, सुपर ओभरमा बाहेक आन्द्रे रसेलले सधैं कगिसो रबाडामाथि हावी भएको देखिन्छ। रसेलले रबाडाको बलमा करिब २०३ को स्ट्राइक रेटमा रन बनाएका छन्।

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ देखाएका ओडाइन स्मिथ आफ्नो बलिङका साथ रसेलका अगाडि सबैभन्दा ठूलो चुनौती साबित हुन सक्छन्।

अहिलेसम्म दुवै तीन टी-२० खेलमा आमनेसामने भएका छन्। जसमा स्मिथले रसेललाई दुई पटक आउट गरिसकेका छन्।

रसेलले पासा फेर्न सक्छन्। रसेलको तुफानी ब्याटिङ पञ्जाब किंग्सका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ। रसेलले २०१९ यता टी-२० मा २२३ छक्का प्रहार गरेका छन्।

आईपीएलमा रसेलले पञ्जाबविरुद्ध धेरै रन बनाएका छन्। पञ्जाबविरुद्ध उनको स्ट्राइक रेट १९९ रहेको छ।

रसेलबाहेक पञ्जाबका लागि सुनिल नारायणको स्पिनको जालबाट उम्कन सजिलो हुनेवाला छैन। नारायणले पञ्जाबविरुद्ध खेलेका २१ खेलमा ३१ विकेट लिएका छन्। जुन आईपीएलमा विपक्षी टोलीविरुद्ध एक बलरले बनाएको सर्वाधिक कीर्तिमान हो।

लेग स्पिनरविरुद्ध श्रेयसले आईपीएल २०१९ देखि ३० भन्दा बढीको औसतमा रन बनाएका छन्। तर, ३३ इनिङ्समा कुल १२ पटक आउट भएका छन्। जबकि श्रेयसको लेग स्पिनरविरुद्धको औसत पनि १९.८ मात्रै रहेको छ।

उमेशको पावरप्ले

कोलकाताका स्ट्राइक बलर उमेश यादव पावरप्लेमा विपक्षी टोलीका लागि निकै घातक साबित भएका छन्। आईपीएलमा पावरप्लेमा सर्वाधिक विकेट लिने बलरको सूचीमा उमेशको नाम पनि आउने गर्छ।

उमेशले अहिलेसम्म पावरप्लेमा २२.७ स्ट्राइक रेटका साथ ४९ विकेट लिएका छन्। उमेशले यो सिजनका दुवै खेलमा घातक बलिङ पनि गरेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img