14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

आईपीएलमा चेन्नईको लगातार तेस्रो हार, पन्जाव ५४ रनले विजयी

spot_img

एजेन्सी, पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा चेन्नई सुपर किंग्सको यो लगातार तेस्रो हार हो।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ सय २६ रनमा समेटियो। चेन्नईका शिवम दुबेले ३० बलमा सर्वाधिक ५७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ बलमा २३ रन जोडे। अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्।

पन्जाबका स्पिनर राहुल चाहरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। त्यसैगरी, आरोराले २, कागिसो रबाडा, अर्शदीपसिंह र ओडेन स्मिथले १–१ विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा सर्वाधिक ६० रन बनाउ भने शिखर धवनले २४ बलमा ३३ रन जोडे।

चेन्नईका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए भने ड्वेन प्रिटोरियसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए। त्यसैगरी, मुकेश चौधरी, ड्वेन ब्राभो र रवीन्द्र जडेजाले १–१ विकेट लिए।

पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको थियो। पन्जाबले अव शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ।

चेन्नई भने पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग समान ६–६ विकेटले पराजित भएको थियो । अव शनिबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img