18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

आईपीएलमा बट्लरको तेस्रो शतक, दिल्लीमाथि राजस्थानको १५ रनको जीत

spot_img

एजेन्सी,  ओपनर जोश बट्लरले तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

शुक्रबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।

जीतको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो। दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए।

उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यता, ओपनर पृथ्वी शा २७ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा आउट भए। युवा ब्याटर ललित यादव ३७, रोभम्यान पावेल ३६, ओपनर डेविड वार्नर २८ र शार्दुल ठाकुर १० रनमा आउट भए।

शरफराज खान र अक्षर पटेल १–१ रनमा आउट भए। राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए। रवीचन्द्रन आश्विनले २ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। राजस्थानका ओपनर जोश बट्लरले सर्वाधिक ११६ रन बनाए। उनले ६५ बलमा ९ चौका र ९ छक्का प्रहार गरे।

बटलरको यो जारी आईपीएलमा तेस्रो शतक हो। पहिलो विकेटका लागि बट्लर र देवदत्त पाडिक्कलले १५.१ ओभरमा १ सय ५५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए।

खलिल अहमदको बलमा एलबीडब्लू आउट हुनुअघि पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए।

- Advertisement -

कप्तान सञ्जु स्यामसन १९ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे। दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १/१ विकेट लिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img