20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

आईपीएलमा बैंग्लोरको पाँचौं जीत, लखनऊ १८ रनले पराजित

spot_img

एजेन्सी, रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पाँचौं जीत हात पारेको छ। मंगलबार राति सम्पन्न खेलमा बैंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो।

जीतसँगै बैंग्लोर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। जीतका लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १ सय ६३ रनमा समेटियो।

लखनऊका क्रुनाल पान्ड्याले २८ बलमा सर्वाधिक ४२ रन बनाए। मार्कस स्टोइनिसले १५ बलमा २४ रन बनाउँदा केएल राहुल ३० रनमा आउट भए।

बैंग्लोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए भने हर्षल पटेलले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए। मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।

त्यसअघि डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो।

बैंग्लोरका कप्तान फाफ डु प्लेसिसले ६४ बलमा ९६ रन बनाए। लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले २–२ विकेट लिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img