12.7 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

आईपीएलमा हैदराबादमाथि लखनऊको जीत

spot_img

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा नयाँ टोली लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादमाथि १२ रनको जीत हात पारेको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। लखनऊका लागि कप्तान केएल राहुलले ६८ रन बनाए भने दीपक हुड्डाले ५१ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो। उसका लागि राहुल त्रिपाठीले ४४ तथा निकोलास पूरनले ३४ रन बनाए पनि हार भने टार्न सकेनन्।

हैदरावादको लागि जारी आईपीएलमा यो लगातार दोस्रो हार हो। लखनऊले भने ३ मध्ये २ खेलमा जीत हात पारेको छ। आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img