Sarokar News

Best News Forever

खेलकुद

आईसीसी क्रिकेट वर्ल्ड कप लिग- २ अन्तर्गत नेपाल र यूएईबीचको खेल आज

काठमाडौ, आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै छ। नेपाली समयअनुसार सवा ११ बजे यूएईको दुबईस्थित रंगशालामा यो खेल हुन लागेको हो।

यूएई लिग तालिकाको दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। ७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक हात पारेको छ।

यो सिरिजको बाँकी सबै खेल जित्ने हो भने नेपाल लिगको तेस्रो स्थानमा पुग्नेछ। जारी सिरिजमा यूएई र नेपाल दुवैले पीएनजीमाथि जीत हात पारेका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *