14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

आईसीसी टी-२० आई विश्व वरीयता : कुशल २९औं स्थानमा उक्लिए, सन्दीप एक स्थान तल झरे

spot_img

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० आई विश्व वरीयतामा दुई स्थान सुधार गरेका छन्।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल ब्याटिङतर्फ २९ औं स्थानमा उक्लिएका छन्। यसअघि उनी ३१ औं स्थानमा थिए।

कुशलभन्दा पछि अफगानिस्तानमा मोहम्मद नाबी, इंग्ल्यान्डका जोनी बेयरस्टो, न्यूजिल्यान्डका केन विलियम्सन र साउथ अफ्रिकाका डेभिड मिलरजस्ता चर्चित खेलाडी छन्। वरीयतामा नावी ३३औं स्थानमा छन्। यता, बेयरस्टो ३७औं, मिलर ३८औं र विलियम्सन ४४औं स्थानमा छन्।

कुशलले चार देश सम्मिलित टी-२० आई सिरिज र टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले फिलिपिन्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ्स खेलेका थिए। यता,क्यानडाविरुद्ध ३४ रन जोडेका थिए।

यता, दीपेन्द्रसिंह ऐरी भने ५०औं स्थानमा यथावत् छन्। दीपेन्द्रले ओमानमा सम्पन्न चार देश सम्मिलित टी-२० आई सिरिजमा ओमानसँगको खेलमा ७३ रनको अविजित इनिङ्स खेलेका थिए।

यता, युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। विश्वकप छनोटका खेलमा फिलिपिन्ससँग ८३, क्यानडासँग २७ र युएईविरुद्ध ३८ रन जोडेका थिए।

टी-२० आईको बलिङतर्फ कप्तान सन्दीप लामिछाने एक स्थान तल झरेका छन्। उनी यसअगाडी ३६औं स्थानमा थिए। सन्दीपले विश्वकप छनोटमा ओमानविरुद्ध २, क्यानडा र फिलिपिन्ससँग ३-३ विकेट लिएका थिए।

यस्तै, तीव्र गतिका बलर अभिनाश बोहरा ८१औं स्थानमा छन्। यसअघि उनी ८२औं स्थानमा थिए। अभिनाशले सिरिजमा ओमानसँग ३ र आयरल्यान्डसँग २ विकेट लिएका थिए। क्यानडासँग २ र युएईसँग ३ विकेट लिएका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img