
काठमाण्डाैं ः ५औं दिनपनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार ११ अंकले ओरालो लागेको हो । यसदिन नेप्से ०.४४ प्रतिशतले घट्दा परिसुचक २६७७ बिन्दुमा पुगेर रोकियो ।
यसदिन १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका १६१ कम्पनीको सेयर घटेको छ भने ७७ कम्पनीको बढेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा आज नेपाल रिपव्लीक मिडीयाले सर्वाधिक २४ करोडको कारोबार गर्यो । यसदिन न्यादी हाइडा्रे र गार्डियनस माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले बढ्यो भने उपकार लघुबित्त र बोटलर्स नेपालको सेयर १० प्रतिशतले घट्यो ।
आज अन्य र ट्रेन्डीङ बाहेक सबै सुचक राताम्मे भएका छन् । यसदिन बैंकिङ, विकासबैंक, फाइनान्स, हाइड्रोपावर ,लगानी, होटल एण्ड पर्यटन, इन्स्युरेन्स, निमार्ण , माइक्रो फाइनान्स, म्युचल फण्ड, निर्जीवन बीमा लगायतका सबै सुचक घटेका छन् ।