18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

आज पनि गठबन्धनको बैठक बस्दै, भागबण्डाको विषयलाई अन्तिम रूप दिइने

spot_img

काठमाडौ, सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन गठबन्धनको बैठक बस्न लागेको हो ।

गएराति गठबन्धनका शीर्ष नेताहरूबीच महानगर र उपमहानगरको भागबण्डामा गहिरो छलफल भए पनि सहमतिमा भने जुट्न सकेनन् । सहमति हुन नसकेपछि फेरि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

गएरातिको बैठकमा लगभग सहमति भएपनि अन्तिम रूप भने आज दिइने नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले बताए ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए ।

स्रोतका अनुसार ६ मध्ये कांग्रेसले तीन र बाँकी दलले एक/एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img