13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

आज पहाडी जिल्लामा होली विशेष रूपमा मनाइँदै

spot_img

काठमाडौँ, २२ फागुन । आज फागुन पूर्णिमा , आज पहाडी जिल्लामा होली विशेष रूपमा मनाइने प्रचलन छ भने तराईका   जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने प्रचलन रहँदै आएको छ । आज पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा समेत दिएको छ  ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा फागु पूर्णिमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।

​होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।  वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ।  रङहरूले खेलिने होलीको माध्यमाबाट भाइचारा तथा सम्बन्धमा पनि सुधार हुने गरेको पाइन्छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img