19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

spot_img

काठमाडौ, नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img