20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

आज बस्ने प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावबारे छलफलको मिति तोक्ने कार्यसूची

spot_img

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। जरी दशौँ अधिवेशनको ११औँ बैठक आज बस्न लागेको हो। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ।

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ९सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी छ।

आफैं कार्यविधि बनाएर र प्रतिनिधिसभाको नियमावली अनुसार राणाविरुद्धको महाभियोगमाथि समितिले काम सुरु गरेको तीन महिनाभित्र छानबिन प्रतिवेदन दिनुपर्ने छ।

उक्त समितिको प्रतिवेदन पुनः प्रतिनिधि सभामा पेस भएर छलफल हुने छ। छलफलपछि संशोधन आवश्यक नभएमा पारित गर्ने अंकगणितमा प्रवेश गर्ने छ।

प्रतिनिधिसभाका दुई तिहाइ बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा उनी पदमुक्त हुनेछन्। प्रस्ताव पारित हुन सकेन भने उनी फेरि सर्वोच्च फर्कने छन्। त्यसो हुँदा राणाले आगामी मंसिरसम्म सर्वोच्चको नेतृत्व गर्न पाउनेछन्।

जारी अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध गर्दै आएको छ। पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ। सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आएका छन्।

- Advertisement -

No description available.

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img