10.7 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

आज बैशाख ५ गते सोमबार , यस्तो छ तपाईँको आजको राशिफल

spot_img

मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।

वृष–एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ।

मिथुन–विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्।साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ।

कर्कट–पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

सिह –नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। आसिंहफन्तजनसँगै मनमोटाव बढ्न सक्छ।

कन्या–स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्।कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ।

तुला–साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।

वृश्चिक–नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार–व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। रोकिएका काम बन्न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन

- Advertisement -

धनु–स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

मकर–स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्।

कुम्भ–कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्।

मिन–स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ।। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।

विशेष कुरा : धनिकाे निन्दा गर्दा , लक्ष्मी माताकाे कृपामा कमी हुदा पनि घरमा पैसाको अभाव हुने गर्द छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img