काठमाडौ, घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत शनिबार नेपालले मलेसियासँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ।
सुरुवाती ३ खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ भने मलेसियाको लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेट रनरेटमा कमजोर रहेको मलेसियाले आजको खेल हारे पपुवा न्युगिनी(पीएनजी) फाइनलमा पुग्नेछ।
फाइनल खेल सोमबार हुनेछ।