14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

आज र भोलि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

spot_img

काठमाडौ, आज पनि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै, मौसमविदले तराईमा निरन्तर गर्मी बढिरहेकाले त्यसको असरबाट जोगिन पनि अनुरोध गरेका छन् ।

‘देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

भोलि पनि पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । राति प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश–१ को एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img