14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

आन्तरिक उडानमा बढाइयो भाडादर

spot_img

काठमाडौ, हवाई इन्धनको मूल्य बढेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर वृद्धि गरेका छन्।

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) ले आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयासम्म भाडा बढाएको हो।

आइतबारदेखि लागू हुने गरी बढाइएको भाडादरअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगन्जका लागि (५४० रुपैयाँ) सबैभन्दा कम काठमाडौ–सिमरा (९० रुपैयाँ) का लागि भाडा थप गरिएको हो।

यस्तै काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–भद्रपुर ३०० रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ र काठमाडौं–नेपालगन्को ३३० रुपैयाँ भाडा बढाइएको छ।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको पनि मूल्य वृद्धि गरेपछि निजी उडान कम्पनीहरूले भाडा बढाएका हुन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img