10 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

आन्तरिक किचलोले कांँग्रेसले बनाउन सकेन संसदीय समिति

spot_img

काठमाडौं, शुक्रबारदेखि सुरु भएर मंगलबार सकिएको नेपाली कांँग्रेस केन्द्रीय कार्यसमितिले चुनावमा टिकट वितरण गर्न संसदीय समिति बनाउने अपेक्षा गरिएको थियो। तर, बैठकको निर्णय सार्वजनिक हुँदासम्म कांँग्रेसले संसदीय समिति बनाउन सकेन।

कांँग्रेसका एक पदाधिकारीका अनुसार समितिमा पदाधिकारीबाहेक ११ जना थपेर समिति बनाउने तयारी गरिएपनि त्यसमा आकांक्षी धेरै देखिएपछि समिति बन्न नसकेको हो।

पदाधिकारीबाहेक ११ जना थपेर संसदीय समिति बनाउने हो। यहाँ आकांक्षी धेरै छन्, ती पदाधिकारीले भने, महाधिवेशनका बेला आश्वाशन दिइएका नेताहरू पनि धेरै नेता छन्।

ती सबैलाई व्यवस्थापन गर्न गाह्रो भएकाले तत्कालका लागि समिति बनाउने कुरा थाती रहेको हो। सानो आकारको समिति बनाउने प्रयास भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ।

उनले ५ जना सदस्य थप्न प्रस्ताव गरेको त्यो विषय विवादित बन्न सक्ने भएकाले सभापति देउवा नै त्यसबाट पछि हटेको उनको भनाइ छ।

धेरै गाह्रो छ सभापतिलाई। आफैँलाई भोट दिएका मानिसहरू छुट्ने भएपछि अप्ठ्यारोमा पर्नुभयो, ती पदाधिकारीको भनाइ छ।

बैठकले आगामी चुनावमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img