काठमाडौ, अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिकाबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि विवादित पृष्ठ भूमिका हरि परियार उर्फ हरि उदाशी पक्राउ परेका छन्।
विभिन्न युट्युब च्यालनमा पीडित भनिएकी नाबालिग गायिकाबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। उनलाई अदातलबाट म्याद लिने तयारी भइरहेको छ।
उनले यौन हिंसा आरोपमा हाल तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा युट्युब च्यानलनमा आपत्तिजनक अभिव्यक्ति दिँदै पीडित भनिएको गायिकाथमाथि जथाभावी आरोप लगाएका थिए।
उनी यसअघिदेखि नै विवादित पात्र हुन्। विभिन्न युट्युब च्यानलमा आफूलाई अभियन्ता भन्दै मनपरी अभिव्यक्ति दिएर उनी विवादमा आउने गरेका थिए।
यसअघि सोमबारै अभिनेत्री रेखा थापाको जाहेरीमा एकजना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका थिए। सेलेब नेपाल नामको युट्युब च्यालनका सञ्चालक राहुल थापा मगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।