13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

आयल निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड

spot_img

काठमाडौं– नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ।

इन्धन बिक्री गरेर आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार निगमले आईओसीलाई बुझाएको हो।

निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ। कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ। कोषमा अब ४ अर्ब ४५ करोड रुपैयामात्रै बाँकी छ।

सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ। निगमले आईओसीलाई तिर्न अपुग रकम पनि स्थिरीकरण कोषबाट झिक्दै आएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img