18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

आर्मीलाई चाैथाेपटक झापा गाेल्डकपकाे उपाधि

spot_img

झापा, पाँचौं झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबारको फाइनमा घरेलु टोली झापा-११ लाई २-१ ले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो । ।

खेलको १८ औं मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट आर्मीले अग्रता लिएको थियो । २१ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले आर्मीको अग्रता दोब्बर बनाए ।
२४ मिनेटमा विमल घर्ती मगरले झापालाई २-१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा आर्मी विजेता बन्यो ।

आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि उचालेको हो । यसअघि उसले पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै उपाधि जितेको थियो ।

झापाले यसअघिका चारवटै संस्करणमा पनि उपविजेतामै चित्त बुझाएको थियो। ऊ दोस्रो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो।

सेमिफाइनलमा झापाले संकटा तथा आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । विजेता आर्मीले उपाधिसहित १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेता झापाले ६ लाख ५ हजार प्राप्त गर्‍यो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img