Sarokar News

Best News Forever

१ नम्बर प्रदेश अपराध देश समाज मुख्य समाचार राजनीति समाचार

इटहरीमा बम विस्फोट भएको स्थानमा हिमाल सुरक्षा परिषदको पर्चा

इटहरी, इटहरी २ नवजागृति टोलमा गतराती साढे १० मा सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। विस्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रवीन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्।

घटनामा घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ। थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

‘पड्काएको भन्दा पनि त्यो बम आफैं पड्किएको रहेछ, दुवैजना अहिले सुरक्षित छन्’ जिल्ला प्रहरी कार्यलयका एसपी सन्जयसिंह थापाले भने, ‘अरु विषय त अनुसन्धान हुँदै छ।’

विस्फोट हुँदा हुँदाको घटनास्थलबाट भने प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चासमेत भेटिएको छ।

एसपी थापाका अनुसार उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएका थिए। विस्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ।

हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो। जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग यो सङ्गठनले राखेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *