जनकपुर, नेपाल इन्जिनियर एसोसिएनको निर्वाचनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)को प्यानल नै विजयी भएको छ। कांग्रेस निकट इन्जिनियरहरूको संस्था विजयी भएको हो।
डा.हरिबहादुर दर्लामीको नेतृत्वमा ३३ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्। दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह-कोषाध्यक्षमा दीपक अधिकारी विजयी भएका छन्।
नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए। कांँग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरूको छुट्टै प्यानल थियो।
एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरूले गठबन्धन बनाएका थिए। मजदुर किसान पार्टी निकटका इन्जिनियरहरूले पहिलो पटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए।