13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस

spot_img

काठमाडौ, देशका विभिन्न उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरिएको छ। बुधबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरूको सरुवा सिफारिसको निर्णय गरेको हो।

न्याय परिषदको बैठकले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिसका साथै अन्य ६ वटा निर्णय पनि गरेको छ।

ती हुन्

–सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने

–उपत्यका विकास प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने

–भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाणसम्बन्धी समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्न सरकारलाई सिफारिस गर्ने

–श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका वासुदेव आचार्यलाई तोक्न सरकारलाई सिफारिस गर्ने

–वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालतका जनकपुर, वीरगन्ज इजलासका रवि शर्मा अर्याललाई तोक्न सरकारलाई सिफारिस गर्ने

- Advertisement -

–राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्न सरकारलाई सिफारिस गर्ने

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img