Sarokar News

Best News Forever

खेलकुद मुख्य समाचार समाचार

उद्घाटन खेलमा झापा विजयी

दमक।  झापाको दमकमा बिहीबारबाट शुरु भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल छनोटको उद्घाटन खेलमा झापा विजयी भएको छ ।

उसले सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेटमा ७ अंकले पछिपरेको अबस्था उल्टाउदै झापाले २५–१७ र २५–२३ को जित हात पारेको थियो ।

त्यस्तै अर्को खेलमा इलामले तेह्रथुमलाई २५–१८ र २५–१९ ले पाखा लगाउँदा संखुवासभाले पाँचथरलाई २५–११ र २५–११ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

भोलि संखुवासभा र इलाम, पाँचथर र तेह्रथुम, झापा र मोरङ्ग, ओखलढुंगा र ताप्लेजुङ्ग, धनकुटा र खोटाङ्ग तथा उदयपुर र भोजपुरबीच खेल हुने खेल संयोजक जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दमकमा हुने खेलको खेलकुद टाइम्सले प्रत्यक्ष प्रशारण समेत गर्नेछ । खेल विहान ८ बजेदेखि शुरु हुनेछ । असोज २ गते सम्म चल्ने प्रतियोगिताका लागि प्रदेश एकका १४ ओटै जिल्लाका महिला भलिबल टोलीको सहभागिता रहेको छ ।

यि नै टोलीहरुबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकको प्रतिनिधित्व गर्ने महिला खेलाडीहरुको छनोट हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *