Sarokar News

Best News Forever

अर्थतन्त्र देश समाज बागमती प्रदेश मुख्य समाचार समाचार

उपकार लघुवित्तको आइपीओ बाँडफाँट, झण्डै २४ लाखको हात खाली

काठमाडौ, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो ।

आइपीओका लागि २४ लाख ३१ हजार १७० जना आवेदन दिएकोमा १० कित्ताका दरले २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन् । आइपीओ गोला प्रथा विधिबाट बाँडफाँट गरिएको हो ।

१० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो । बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिइएको छ । यो सँगै लघुवित्तको आइपीओमा आवेदन दिएकामध्ये झण्डै २४ लाखको हात रित्तो भएको छ ।

लघुवित्तले २५ चैतदेखि ३० चैतसम्म सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *