18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

उपकार लघुवित्तको आईपीओमा आजबाट आवेदन खुला

spot_img

काठमाण्डौ, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज चैत २५ गतेबाट आवेदन खुला गरिएको छ।

संस्थाले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको छ।

संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन यही चैत २९ गतेसम्म दिन पाइनेछ।

यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा आउँदो वैशाख ९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

उपकार लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ७ गते निष्कासन अनुमति दिएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img