12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

उपेन्द्र यादव नगएपछि सत्ता गठबन्धनको बैठक स्थगित

spot_img

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैठक स्थगित भएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।

काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो ।

बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि नआएपछि बैठक भोलि बस्नेगरी स्थगित भएको छ । बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img