14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

उम्मेदवार छान्न एमालेले तय गर्‍यो ६ मापदण्ड

spot_img

काठमाडौं- नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्न ६ मापदण्ड तय गरेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहनेका लागि केन्द्रीय कमिटीले ती मापदण्ड तय गरेको हो।

मापदण्डमा पहिलो पार्टी नीति र कार्यक्रप्रतिको प्रतबद्धता, दोस्रो निर्वाचित जनप्रतिनिधिको मूल्यांकन, तेस्रो लोकप्रियता र विजयप्रतिको सुनिश्चितता, चौथो आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, पाँचौं कार्य क्षमता विकास र सुशासनप्रतिको दृष्टिकोण र छैटौं सन्तुलन र समावेशिता रहेका छन्।

उम्मेदवार सिफारिसको मापदण्ड पनि तय भएको छ। वडाअध्यक्षको हकमा वडा कमिटी, गाउँ वा नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ।

मेयर र उमपेयर गाउँ वा नगर र जिल्ला सिफारिस गर्ने र प्रदेश निर्णय गर्नेछ भने उपहमहानगर र महानगरको सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने निर्णय गरिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img