काठमाडौं, नेपाली कांँग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य (विधानमा व्यवस्था गरिएको बाहेक) कुनै पनि प्रकारको रकम माग गर्नु उठाउनु विधान विपरीत हुने भएकोले त्यस्तो कार्य नगर्नरनगराउनु हुन समेत निर्देशानुसार अनुरोध गरिन्छ, पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला तहलाई पठाएको पत्रमा उल्लेख छ।
यद्यपि लेबीलगायत विधान अनुकुलका रकम संकलन गर्नका लागि भने यो निर्देशनले कुनै बाधा नगर्ने कांँग्रेस केन्द्रीय कार्यालयको भनाइ छ। विधान अनुसारको रकम बाँकी भए तत्काल उठाउन समेत कांँग्रेसले निर्देशन जारी गरेको छ।
विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) लिन उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउनु हुन जानकारी गराइन्छ, पत्रमा उल्लेख छ।