12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

एआइजी बढुवाविरुद्धमा परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

spot_img

काठमाडौं, नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाइएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गर्नुकौ रिटमाथि प्रारम्भिक सुनुवाई गर्नुहुँदै न्यायाधीश चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो ।

एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही विषयलाई लिएर डीआइजी कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो ।

आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img