काठमाडौ, बढुवाविरुद्धको सुनुवाइ समितिबाट पनि न्याय नपाएको भन्दै तीन डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन्।
डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट हालेका हुन्। डीआईजी घनश्याम अर्यालले लोकसेवा आयोगमा पुगेर उजुरीमाथिको जानकारी माग गरेर फर्किसकेका छन्।
ईश्वरबाबु कार्की पनि लोकसेवा आयोगमा लिखित जानकारी माग गर्न पुगेर फर्केका थिए। प्रकाशजंग कार्की पुगेर आएपछि रिट हालिएको हो।
लोकसेवाबाट लिखित जानकारी लगिसकेपछि तीन जनाले रिट हालेका हुन्। आफूभन्दा लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै उनीहरुले बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए।
तर समितिले कैफियत नभेटिएको र नियमसंगत देखिएको ठहर गरेको थियो। समितिले कैफियत नदेखाएपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
बढुवा समितिको सिफारिसअनुसार वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका छन्।
गृहसचिव नेतृत्वको बढुवा समितिले तेस्रो वरीयताका डीआईजी वसन्तकुमार पन्त, छैटौं वरीयताका धीरजप्रताप सिंह र आठौं वरीयताका रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
वरीयतामा आफूभन्दा पछाडि रहेका डीआईजीहरूलाई एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिले सो उजुरी उपर छानबिन गरी कैफियत नदेखिएको जवाफ दिएको हो।
चैत १ गते बढुवा सिफरिस समितिले एआईजीमा बढुवाका लागि सिफरिस गरेको थियो।