तनहुँ– नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। ‘
घर घर जाऔँस् कांँग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले मंगलबार डुम्रेमा आयोजना गरेको भेलामा नेता पौडेलले कांँग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिए।
स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै पालिकामा कांँग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे। जनताको घरघरमै पुगेर कांँग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो।
तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांँग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो।
नेपाली कांँग्रेसले ‘घर घर जाऔँस् कांँग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ।
तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरिएको छ।