13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

एकदीवसीय तथा टी-२० श्रृङ्खलाका लागि अलग टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्

spot_img

काठमाडौँ- आगामी सातादेखि घरेलु मैदानमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई अलग टोलीको घोषणा गरेको छ। दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई समावेश गरिएको छैन।

नेपालले आगामी चैत ११ र १२ गते कीर्तिपुरमा पपुवान्यूगिनी (पीएनजी) सँग दुई ओडीआई श्रृङ्खला खेल्दैछ। त्यसैगरी कीर्तिपुरमै चैत १४ देखि २१ सम्म नेपाल, पीएनजी र मलेसिया सम्मिलित टी-२० आई त्रिकोणीय श्रृङ्खला हुँदैछ।

दुवै श्रृङ्खलाका लागि टोलीको कप्तानमा सन्दीप लामिछाने छन्। त्यसैगरी सन्दीपसहित सात जना दुवै टोलीमा छन्। दुवै टोलीमा अटाउनेमा आरिफ सेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र कमलसिंह ऐरी छन्।

करण केसी र आसिफ सेखलाई टी-२० टोलीमा मात्र राखिएको छ। उनीहरुबाहेक अविनाश बोहोरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारीलाई टी-२० टोलीमा राखिएको छ।

अन्सारी पहिलो पटक टोलीमा परेका हुन् भने दीलिप नाथले लामो समयपछि मौका पाएका छन्। ओडीआई टीममा यु-१९ का कप्तान देव खनाललाई मौका दिइएको छ। उनले आसिफको ठाउँमा ओपनिङ गर्न सक्छन्।

उनले यु-१९ मा नेपालका तर्फबाट ओपनिङ गरिसकेका छन्। त्यसैगरी अनिल शाह, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, गुल्सन झा र भीम सार्की पनि ओडीआई टीममा छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img