काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनमाथि छलफल जारी रहेको छ।
प्रतिवदेनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरू नौ समूहमा विभाजन भएका छन्। छलफलका लागि केन्द्रीय सदस्यहरूलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको केन्द्रीय छ।
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत रूपमा छलफल भइरहेको छ।