20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

एक महिनामा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने दुई लाख १० हजार आप्रवासी पक्राउ

spot_img

एजेन्सी, मार्च महिनामा मात्रै मेक्सिको सिमानाबाट अमेरिका प्रवेश गर्नखोज्ने २ लाख १० हजार आप्रवासी पक्राउ परेका छन् । जुन पछिल्लो दुई दशकको अवधिमा यसरी पक्राउ पर्ने सबैभन्दा ठूलो संख्या हो ।

अघिल्लो वर्षको मार्च महिनामा यसरी पक्राउ पर्नेको संख्या १ लाख ६९ हजार थियो । जसअनुसार एक वर्षको अवधिमा सीमा प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या २४ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । यसलाई लिएर राष्ट्रपति जो बाइडेनको चुनौतीको रुपमा टिप्पणी हुन थालेको छ ।

अवैध रुपमा सीमा पार गर्ने आप्रवासीलाई रोक्न बाइडेनलाई हम्मेहम्मे परेको छ । बाइडेनले २०२१ को जनवरीमा पदभार सम्हालेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टरपन्थी अध्यागमन नीतिलाई उल्टाउने वाचा गरेका थिए ।

रिपब्लिकनका नेता ट्रम्पले भने मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने भन्दै बजेटसमेत छुट्याएका थिए । आप्रवासीहरूलाई लक्षित गर्दै उनले मेक्सिकोसँगको सीमा कडा गर्ने वाचा गरेका थिए ।

यस वर्षको मार्चमा अवैध रुपमा सीमा पार गर्न खोज्नेहरूको संख्या अनपेक्षित रुपमा बढेको देखिएको हो । यससँगै बाइडेनको कार्यकालमा आप्रवासन समस्या बढ्नसक्ने भन्दै विभिन्न पक्षबाट टिप्पणी हुने गरेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img