19.1 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

एभरेष्ट बियर ऋण तिर्न नसकेर लिलामीमा

spot_img

काठमाडौ, विदेशमा समेत निर्यात हुँदै आएको एभरेष्ट बियर उत्पादक कम्पनी ऋणमा डुबेको छ।

एभेष्ट ब्राण्डमा बियर उत्पादन गर्ने माउन्ट एभरेष्ट ब्रुअरी प्रालि ऋणमा डुबेर लिलामीको प्रक्रियामा गएको पाइएको हो।

वि.सं. २०४२ मा दानबहादुर अमात्यले माउन्ट एभरेष्ट ब्रुअरी प्रालि सञ्चालनमा ल्याएका थिए। चितवनको भरतपुर गोन्द्राङस्थित ४ बिघा ५ कट्ठा साढे ९ धूरमा कम्पनीको उद्योग सञ्चालनमा थियो।

अमात्यको पारिवारिक व्यवसाय रहेको यस ब्रुअरीले एभरेष्ट प्रिमियम बियरसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको थियो। एभरेष्ट प्रिमियम बियर जापान, बेल्जियमलगायतका देशमा निर्यात समेत हुँदै आएको थियो।

एक समय बजारमा राम्रो उपस्थिति देखिएको एभरेष्ट बियर अहिले कुल ६० करोड हाराहारीको ऋणमा डुबेको देखिएको छ।

सुरुमा यस ब्रुअरीले नेपाल बैंक लिमिटेडबाट ऋण लिएको थियो। नेपालको बियर बजार प्रतिस्पर्धा र कम्पनीको आफ्नै समस्याको कारण बजारबाट विस्तारै बाहिरिइरहेको एभरेष्ट बियरको पछिल्लो समय निरन्तर कमजोर बन्दै गएको थियो।

कमजोर बनिरहँदा ब्रुअरीले आफ्नो ऋण निरन्तर थप समेत गर्दै गयो। नेपाल बैंक लिमिटेड नै अगुवा हुने गरी सहवित्तीय प्रणालीमा राष्ट्रिय वणिज्य बैंक, नबिल बैंक र हिमालयन बैंकबाट थप ऋण लिएको थियो। जुन पैसा तिर्न नसक्ने अवस्था पुगेर कम्पनी लिलामीको प्रक्रियामा गएको हो।

२०७२ सालअघि पनि सो ऋण तिर्न नसकेर बैंकहरुले ऋणको पुनर्संरचना समेत गरिदिएका थिए। त्यसपछि ब्रुअरीले केही नयाँ योजना समेत ल्याएको थियो। त्यो समयमा अष्ट्रेलियाको एभरेष्ट बियरको टेडमार्कको लागि प्रक्रिया अघि बढाएको थियो।

- Advertisement -

यस कम्पनीले अष्ट्रेलियामा समेत निर्यातको योजना बनाएर आफ्नो उत्पादन बढाए पनि कम्पनी सफल हुन नसक्दा अहिले लिलामीमा गएको छ।

गत हप्ता मात्रै बैंकहरुले यस कम्पनीलाई लिलामीको प्रक्रियामा लगेका हुन्। नेपाल बैंकले लिलामीको लागि जारी गरेको सूचनामा कम्पनीले सावाँ ब्याजको रकम नबुझाई शर्तबन्देज पालना नगरेको र कर्जा लिँदा दिइराखेको शर्तबन्देज, पुनर्संरचनापछिको कर्जा राफसाफको शर्तबन्देज र सहवित्तीयकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाको नियम उल्लंघन गरेको भनिएको छ।

नेपाल बैंकले भनेको छ, ‘संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरी उक्त पारिपासु तमसुकमा उल्लेख गरेबमोजिम ऋणी कम्पनीको नाममा रहेको चल÷अचल सम्पत्ति र मिल मेसिनरीहरुलगायत सबै कम्पनीको नाममा पछि खरिद भएको सम्पत्ति लिलामीमा राखिएको हो।’

नेपाल बैंकका अनुसार ऋणको पुनर्संचरना गर्दा एकमुष्ट रुपमा अमात्यले ६० करोड रुपैयाँ र त्यसपछि ब्याज तिर्नुपर्ने भनिएको थियो।

६० करोडमा ६ करोड रकम तिरेपछि अहिलेसम्म सावाँ रकम नतिरेको बैंकले जनाएको छ। केही वर्ष ब्याज रकम मात्रै भुक्तानी गर्दै आएपनि पछिल्लो समय ब्याजसमेत नतिरेपछि लिलामीमा लगिएको हो।

त्यसको लागि बोलपत्र आह्वान गरिएको छ। ३५ दिनको लागि बोलपत्रको म्याद समेत सार्वजनिक गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाल बैंकका अनुसार ब्रुअरीका सञ्चालक अमात्यले उक्त रकम भुक्तानीको लागि थप ८ वर्षको समय माग गरेका थिए। तर बैंक तथा वित्तीय संस्थाहरुले यति धेरै समय दिन नसकिने भन्दै बक्यौता ब्याज रकम तत्काल भुक्तानी गर्न भनेको थियो।

त्यसपछि बाँकी रकमलाई ऋण निरन्तर गर्ने उल्लेख थियो। तर त्यसमा अमात्यले असहमति जनाएपछि बैंकहरु लिलामीको प्रक्रिया अघि बढाएका हुन्।

कस्तो छ कम्पनीको अवस्था ?

कम्पनीको गत आर्थिक वर्षसम्मको सूचकअनुसार अपरेसन स्केलमा दिगो वृद्धिसँगै कुल सञ्चालन आय (टीओई) ४ अर्ब रुपैयाँभन्दा धेरै छ जब कि दिगो आधारमा यसको सुधार (दशमलव ५) गुणा कममा भइरहेको छ। कम्पनीको पीबीआईएलडीटी मार्जिन दिगो आधारमा १२ प्रतिशतभन्दा धेरै छ।

दिगो आधारमा माउन्ट एभरेस्ट ब्रुअरी लिमिटेडको कुल सञ्चालन आयमा आफ्नै ब्रान्ड बिक्रीको अनुपात वृद्धिमा नकारात्मक कारकहरु छन्। २ अर्ब रुपैयाँभन्दा कम कुल सञ्चालन आयले यसको अपरेसनहरुको स्केल घटेको देखाउँछ।

दिगो आधारमा यसको पीबीआईएलडीटी मार्जिन घटेर ८ प्रतिशतमा पुग्नुले यसको ऋण तिर्ने सूचकहरुमा खराब प्रभाव पार्नसक्ने देखिएको छ।

दिगो आधारमा कुल गियरिङ (कम्पनीको ऋण पुँजी र यसको सेयर मूल्य अनुपात) १ गुणाले बढाएर योजनाविनाको ऋण लगानीका पुँजीगत खर्चको उत्तरदायित्व लिँदा कम्पनीको पुँजीगत संरचनालाई मोडरेसनमा लैजानुपर्ने रेटिङ एजेन्सीले गत वर्ष नै बताएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img